बेरोजगारलाई मासिक भत्ता साढे आठ हजार, फागुन १ देखि रोजगार कार्यक्रम (पुरा बिवरण हेरी सेयर गरौ)

काठमाडौं/अर्को साताबाट प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजना शुरू हुने भएको हो ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो । उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयका एक अधिकारीले बताए ।

फागुन १ गने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने भएका छन् । सरकारले बेरोजगार भत्ता दिँदा एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूत गर्नेछ ।

अर्थात् केही रोजगारी नपाएका बेरोजगार युवालाई सरकारले १०० दिन बराबरको न्यूनतम १०० दिन बराबारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने छ । हाल सरकारले मासिक न्यूनतम पारिश्रमिक आठहजार पाँचसय रुपैयाँ तोकेको छ ।

बेरोजगार कहलिनका लागि सम्बन्धित श्रमिकको एकाघरका कुनै पनि सदस्य स्वदेशी वा विदेशी रोजगारी र पेशामा सामेल भएको हुनुहुँदैन । बेरोजगार भत्ता पाउनेलाई सरकारले सकेसम्म तोकिएको क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ । नागरिक दैनिकबाट