खेल सकिनासाथ जब धोनी एक बृद्ध आमा भेट्न पुगे : सत्यता थाहा पाएपछि तस्विर अहिले विश्वभरी भाईरल

काठमाडौ । अहिले भारतमा मात्रै नभई विश्वभर क्रिकेटका करोडौ सर्मथक रहेका छन् । पछिल्लो समय नेपाली खेल बजारमा क्रिकेटले ठुलो फड्को मारेको छ । विश्व क्रिकेटमा महेन्द्र सिंह धोनी सबैको मुखमा झुण्डेको नाम हो । उनलाई भारतमा विशेष सम्मानका साथ हेर्ने गरिएको छ । उनको नाममा चलचित्र समेत बनेका छन् ।

उनी भारतीयका बिचमा मात्रै नभई विश्वमा भएका धेरै व्यक्तिका बिच प्यारो बनेका छन् । उनी खेलबाट मात्रै नभई आफ्नो व्यक्तित्वको कारणले गर्दा पनि सधै चर्चामा हुन्छन् । यस्तै दृश्य अहिले आइपीएलको १५ औं खेलमा देखिएको छ । मुम्बई इन्डिएनले चेन्नई सुपरकिङ्सलाइ ३७ रनले हराएको थियो ।

खेल सकिए पछि दुबै टिमका खेलाडीहरु आफ्नो ड्रेसिङग रुपमा गए तर चेन्नईका कप्तान धोनी भने अचानक हराए । उनी कहाँ गए भन्ने कुरा उनीहरुका साथीहरुलाई समेत जानकारी भएन । पछि थाहा भयो उनी खेल सक्काएर एकजना वृद्धा महिलालाई भेट्न गएका रहेछन् । ति आमालाई यो खेल (क्रिकेट) का बारेमा केही पनि थाहा थिएन तैपनी धोनीलाई भेट्नको लागि मात्रै आएकी थिईन् ।

उनको हातमा एक पर्चा थियो जसमा लेखिएको थियो, ‘म यहाँ मात्रै धोनीको लागि आएकी हुँ ।’ उनीसँगै एक जना युवत्ती पनि थिईन यो भनिएको छ कि ति युवत्ती क्रिकेट हेर्न आईन तर वृद्धा आमा भने मात्रै धोनीलाई हेर्न आईन् । कस्तो खुःशीको क्षण भयो ति आमाका लागि जसले धोनी हेर्न आउँदा उनीसँग भेट्न पाईन् । यत्ति देखेपछि धोनी आमा नजिक गएर उनीसँगै तस्वीर खिचाए ।

अनी उक्त पर्चामा आफ्नो हस्ताक्षर (अटोग्राफ) पनि दिएर आए । युवत्तीले पनि धोनीको टिमको जर्सी लगाएकी थिईन, उनलाई पनि धोनीले अटोग्राफ दिए । यो भिडभाडमा धोनीलाई क्यामेराले कैद गर्न भ्याएको थियो । उनको यो तस्विर अहिले सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । उ

नको यो तस्वीरलाई आइपीएलको आधिकारिक ट्विटर ह्यान्डिलबाट पोस्ट गरिएको छ । धेरै खेलाडीहरु एक ठुलो ओहदामा पुगेपछि घमण्ड गर्ने गर्छन तर धोनीको यो व्यवहारले विश्वका त्यस्ता महान व्यक्तिहरुलाई ठुलो पाठ सिकाएको छ । दैनिक भास्कर