सन्नीले आफ्नो बिगत सम्झंदा आँखामा आँशु आउँने भन्दै एकाएक भावुक बनिन्, के थियो त्यस्तो, जसलाई उनले जीवनको ‘काला दिन’ नामाकरण गरिन् ?

एजेन्सी। बलिउड अभिनेत्री तथा पुर्व पोर्न स्टार सन्नी लियोनीले बितेका दिनका केहि काला अध्यायहरू सम्झिदां आँखामा आँशु आउने गरेको बताएकी छन् ।

हाल सन्नी लियोनी आफ्नो जीवनीमाथि बनिरहेको ‘करनजीत कौर-द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को अन्तिम तयारीमा जुटिरहेकी सन्नीले यस्तो बताएकी हुन् ।

‘जीवनका ती काला दिनहरू फेरि एकपटक याद गर्नु मेरा लागि सहज थिएन । म ती दिनहरूलाई नराम्रो सपना मानेर छिट्टै बिर्सन चाहन्छु । जुनबेला मेरी आमाको निधन भयो त्यतिबेला मेरा पिता क्यान्सरसँग जुँधिरहनुभएको थियो । त्यसको केहि समयपछि उहाँ पनि बित्नुभयो । मैले विवाह गरें अनि मलाई एउटा भारतीय टिभी शोमा आउने आमन्त्रण मिल्यो । यी सबै छिटोछिटो भए’, उनले भनिन् ।

केहि परिस्थिति दुखदायक थिए, जसलाई म यादै गर्न चाहन्न । सुटिङको बेला मैले आफूलाई सम्हाल्नै सकिन, म रोएँ । म रोएको देखेर मेरा पति डेनियल वेबरसमेत डराए । उनी अशाहय महशुस गरिरहेका थिए किनकी उनले मेरा जीवनका ती काला पानाहरू ठीक गर्न सक्दैनथे । आफ्ना परिवारलाई गुमाउनु एकदमै डरलाग्दो कुरा हो’, उनले अगाडी थपिन् ।

सन्नीको बायोपिक वेव सिरिज जी फाइभ ओटिटिमा आँउदो शुक्रबार सार्वजनिक हुँदैछ ।
source:online24post