‘आर्मीहरु फटाहा हुन्छन् , जाहाँ गयो त्यही श्रीमती बनाउन खप्पिस् हुन्छन्’

पसंग छोडपत्र चाहिएको छैन । तर सन्दिपको घरमा गएर उनी बस्न नसक्ने रे ।

दुई छोरी सहित माइतमा नै बस्न चाहन्छिन् उनी । तर सन्दिपको आम्दानीको ५० प्रतिशत उनलाई चाहिन्छ । उनीहरुका कुरा सुनीरहेका कर्नेलले दुवैको कुरा टुंगीएपछि सम्बन्ध सुधारका लागी केही समय घरमा संगै बस्न सुझाव दिए । तर तृप्तिलाई त्यो सुझाव स्वीकार्य भएन ।

“म लोग्नेको पिटाई खान उसको घरमा जान सक्दिन करसाप । मेरो ज्यानको सवाल छ । यस्ले मलाई जे पनि गर्न सक्छ ।” उनले भनिन् । अन्नतः तृप्तिका सबै माग पुरा भए । सोही अनुसार कागज पत्र बने । दुवै जनाको सहिछाप भयो । सन्दिपले मन अमिलो बनाउंदै सर्तनामामा हस्ताक्षर गरे । हामी पनि तृप्तिको त्यो जितलाई हाम्रो जित मानेर दंग थियौ ।

त्यहाँ आफ्नो कुराको सुनुवाई नभएपछि तृप्तिबाट सम्बन्ध बिच्छेद चाहेका सन्दिपले आफ्नै गाविसमा मुद्दा दर्ता गराए । त्यस पछि पनि म एक पत्रकार भएकै नाताले तृप्तिलाई न्याय दिलाउने अभियानमा लागिरहें ।

तृप्तिको न्यायको लडाईमा ६/७ महिना सम्म धेरै पटक मैले उनलाई भेट्ने, कुराकानी गर्ने गरीरहें । यसैको दौडानमा मैले तृप्तिलाई अध्ययन गर्ने राम्रै मौका पाएँ । उनी प्राय मसंग भेटि रहन्थिन् । म संग भेट्न आउंदा उनको सेलफोनका घण्टि बारम्वार बजिरहन्थे । म संग कुरा गर्न आएकी तृप्ति म संग भन्दा धेरै समय फोनमा अरुसंगै बिताउँथिन् । कुराकानीबाट थाहा हुन्थ्यो उनलाई धेरै फोन बिदेशवाट आउँथे ।

एउटा सकिन्थ्यो अर्काे आईहाल्थ्यो । अनि फोन ईङ्गेज भएकोमा उनलाई सफाई दिन हम्मे पथ्र्याे । ती फोनहरुमा उनका वार्तालाप सुन्दा यस्तो लाग्थ्यो मानौं कि जतिले उनलाई फोन गरेका हुन्थे ती सबै उनका श्रीमान् हुन् । एकदिन त उनले फोनमै भनिन्–“घरमा आएर मेरो हात मागेरै मसंग बिहे गर्छु भन्नेले जाबो ७० हजार पठाउन पनि यस्तो गाह्रो है ? अझैं हेरन अस्ति पठाएको त्यो जाबो ३० हजारको कुरा गर्ने । विश्वास छैन है ममा ? त्यस्तो लाग्छ भने छोडे भैहाल्यो नी ? मैले मात्र हो रहेछ माया गरेको तपाँईलाई ।

कसरी विश्वास गर्नु र खै ?” यति भनेर उनले फोन काटिन् । अलि घुर्किलो पारामा । त्यो डिस्कनेक्ट हुन नपाउँदै तुरुन्तै फेरी अर्काे फोन आयो । पछिल्लो फोनले उनको अनुहारमा मुस्कान फैलायो । अनि भनिन्–“धन्यवाद छ है तपाईले पठाएको ५० हजार मेरो एकाउण्टमा आइपुग्यो ।

फेरी आवश्यक पर्यो भने फोन गर्छु है । आई रियली लव यू एण्ड आई मिस यू बाबा । यू आर सो क्युट ।” म संग कुराकानी गर्न आएकी तृप्ति नेपालगन्जको सिद्यार्थ कटेजमा करिब एक घण्टा बसिन् त्यो समयमा उनले चार फोन रिसिभ गरीन् । म संग मुस्किलले ५ मिनट कुरा गरीन् होला ।

उनको फोन वार्ता मैले सुनेकोमा सायद अप्ठेरो लागेर हुनसक्छ अनि भनिन्–“यस्तै हो बैनी मलाई मन पराउनेहरु हजारौं छन् । सबै मन पराउनेहरुसंग बिहे गर्न नी सकिंदैन । तिमीलाई सबै कुरा थाहा छ सन्दिपको पैसाले मलाई त के छोरीलाई लिटो सम्म किन्न पुग्दैन ।” मैले भने –“यसो नर्गनु दिदी तपाँईले सबैसंग पैसा माग्नु भाको छ ति सबै नेपाल फर्केर तपाईसंग त्यो पैसा फिर्ता मागे भने के गर्नुहुन्छ ?” उनको सजिलो जवाफ –“उनीहरुसंग जुन फोन नम्वर प्रयोग गरेर कुराकानी गरीरहेकी छु त्यो नम्बर एनसेलको हो । सिम झिकेर फालि दिन्छु ।

१०० रुपैयामा नयाँ सिम किन्न पाईन्छ । सिम्पल नि, यस्तो कुरामा मलाई टेन्सन लाग्दैन बैनी ।” उनको यो जवाफले मलाई अक्क न बक्क बनायो । उनको यस्तो ब्यवहारले मलाई सोंच्न बाध्य बनायो । कतै मैले गलत मान्छेलाई त साथ दिइरहेको छैन ? मैले तृप्तिलाई बुझ्नु जरुरी छ मेरो मनले ठान्यो ।

अनी उनले नजिकको मानेको एक जना दिदी विद्या (नाम परिवर्तन) लाई भेट्न गएँ । उनले सुरुमा त कुरा खोलिनन् तर मैले अनेक तरिकाले फकाएपछि मात्र कुरा खोलिन् । र भनिन्–“ऊ एउटा स्मार्ट पेशेवर हो रुपनी बैनी । उस्लाई ईज्जतको कुनै पनि डर छैन । किनकी उस्ले आफुलाई पेशेवर बनाईसकी छे । ऊ निकै नै खतरनाक र चलाखि आईमाई हो ।”

म त छाँगाबाट खसेजस्तै भएँ । कस्तो पेशेवर ? म जान्न उत्सुक भएँ । कुरा खोतल्दै गएँ । ती विद्या दिदीले भन्दै गईन् । मेरो आँखा अगाडीको उज्यालो पनि अध्यारोमा परिणत हुंदै गयो । “उसंग मान्छेलाई आफु तिर तान्ने बेग्लै खुबी छ बैनी । मैले उस्लाई कत्ति गाली गर्छु । गाली गर्दा तपाँईले पनि मलाई बुझ्नु हुन्न है दिदी भन्छे ।

म के गरु बैनी ? मसंग आएर रोएको नाटक पार्छे । मलाई माया गर्ने हुजुर नै हो दिदी भन्छे । हजुरले पनि यस्तो भन्नु हुन्छ भन्दै रोएको नाटक पार्छे । आउनेलाई नआईज भन्न पनि नमिल्ने । उस्को फोनमा गरिएको कुराकानी सुन्दा मलाई नै दिक्क लाग्छ ।” विद्या दिदीको कुराले मात्र मैले तृप्तिप्रती गलत धारणा बनाईहाल्नु ऊ प्रतिको अन्याय हुन्थ्यो ।

त्यसैले मैले उनको बारेमा बुझ्न अनेक च्यानल प्रयोग गर्न थालें । तब मलाई थाहा भयो उनी त साँच्चै निकै नै स्मार्ट पेशेवर रहीछन् । उनको केसको लागी उनीसंग संगै हिंडदा मलाई केही भन्न नसकेकाहरुले पछि मैले उनको बारेमा बुझ्न शुरु गरेपछि पो सबैले भन्न थाले कि मैले तृप्तिलाई साथ दिएर धेरै नै गलत गरेछु रे ।

ज–जस्लाई मैले भेटेर तृप्तिको बारेमा बुझने प्रयास सम्म के गर्थें सबैको एउटै भनाई हुन्थ्यो–“तपाँईले गलत मान्छेलाई साथ दिई रहनुभएको छ । रोएर हुनेखानेलाई फसाउने उस्को कला हो । तपाँई हामी काठमाण्डौ गाडीमा जान्छौं ऊ प्लेनमा जान्छे, जस्को प्लेनमा चढी हिंड्ने कुनै आय श्रोत नै छैन ।

काठमाण्डौ देखि पश्चिम नेपालका प्राय सबै होटेलहरु उस्कै नाममा बुक हुन्छन् ।” अब भने म ढुक्क भएँ मैले गलत मान्छेलाई नै साथ दिइरहेकी रहेछु । समय बित्दै थियो । एक पटक उनलाई मैले होटेल नमस्तेबाट राती पौने १० बजे एक जना पुरुषसंगै निस्किएको देखें । त्यो होटेलमा हाम्रो प्रोजेक्टको एनुएल प्रोग्रामको डिनर पार्टी थियो ।

त्यति ठुलो भिडबाट पनि मैले उनलाई कसैसंग होटल बाहिर जाँदै गरेको देखें । मैले उनलाई चिनीहालें । होटलमा कसैसंग जानु र होटेलबाट निस्कनु त्यति ठुलो विषय मानिदैन र म पनि मान्दिन । तर उनी एउटा साधारण पिडीत महिला भनेर मैले चिनेको हुनाले उनलाई त्यो समयमा त्याहाँ देख्नु मेरो लागी शंकाको विषय बन्यो । र त्यही शंका लागेकोले भोलीपल्ट मैले उनलाई फोन गरेर हिंजो राती एक जना पुरुषसंग देखेको बताएँ । जवाफमा उनले ति पुरुषको परिचय मैले चिनेको मान्छेको पो दिईन् । तर उनीसंग देखेको पुरुषलाई मैले चिन्दिनथें । उनले मलाई सिधै झुट बोलीन् ।

जब तृप्ति एउटा स्मार्ट पेशेवर हो भन्ने मैले जाने । त्यसपछि उनको श्रीमानलाई त्यो राँझा ब्यारेकमा गालि गरेको सम्झिएँ । र मन मनै निकै दुःखी पनि भएँ । त्यतिबेला मात्रै मैले सन्दिपको पिडालई महसुस गरें । जब मैले तृप्ति साँच्चिकै पेशेवर नै रहीछिन् भन्ने कुरा जानें । घटना क्रमसंग नजिक हुने क्रममा मलाई थाहा भयो तृप्तिको पहिलो श्रीमानले हैन रहेछ उनी आफैले नै पहिलो श्रीमानलाई छाडेकी रहीछन् । ११ वर्षको पत्रकारीता जिवनमा मैले यस्तो गल्ती कहिल्यै गरेकी थिईन । म बाट किन यस्तो गल्ति भयो । म आफै पश्चातापमा परें ।

जे होस् एउटा स्मार्ट पेशेवरको संगतबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ । मैले यो आर्टिकलमा तृप्ति र उनीसंग सम्बन्धित व्यक्तिहरुको वास्तविक नाम उल्लेख नगर्नुको एउटै कारण हो तृप्तिको छोरी । उनको पहिलो लोग्नेबाट जन्मिएको छोरीले एस वर्ष एस.एल.सी ए प्लसमा पास गरेकी छिन् ।

म एउटा लेखिका मात्र हैन । कसैकी छोरी पनि हुँ । त्यसैले म चाहाँदिन कि, आमाले गरेको व्यवहारको मूल्य त्यो छोरीले अनाहकमा तिर्न परोस् । आफ्नो छोरीहरुको पनि भविष्यको बारेमा नसोंच्ने विचित्रकी आमा बन्यौ तिमी तृप्ति । ती अबोध नानीहरुलाई आफ्ना बुवाहरुबाट टाढा बनाएर दुनियाँको बुवाहरुलाई लुट्दै छोरीहरु पाल्ने तिम्रो मतृत्वलाई धिक्कार छ ।

सक्छौ र तिमीसंग हिम्मत छ भने खुलेर पेशेवर बन । कमसे कम तिमीलाई थुक्ने त छैनन् । यसरी आफुसंगै अरुको पनि घरबार बिगारि नहिंड । सबैले तिम्रो साथ छोड्दा कुनै दिन तिमीलाई साथ दिएकै नाताले यो सुझाव हो मेरो तिमीलाई !

यो पनि पढ्नुस

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने , र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।
source:simpalonline.