अमेरिका उड्दै गर्दा बालुवाटार जग्गा प्रकरणमा बल्ल माधव नेपालले मुख खोले

काठमाडौ । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा मुख खोलेका छन् । मिडियामा बग्रेल्ती आरोप आएपछि उनले स्पष्टीकरण दिएका हुन् । प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय अहिलेको सरकारले हैन आफ्नो भएको भन्दै उनले त्यसको जिम्मा आफूले लिने बताए ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लगेको विषयमा नेता नेपाल पनि मुछिएका थिए । उनी प्रधानमन्त्री भएको बेला ३१ वैशाख २०६७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयले डिल्लीबजार मालपोलले गरेको गलत निर्णयलाई बैधानिकता दिएको भन्दै पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले त्यो निर्णय नै खारेज गर्न सिफारिस गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले त्यो निर्णय सच्याउनुपर्ने ठहर गरेको छ ।
यसबारे सोमबार नेकपाको सचिवालय बैठकमा समेत प्रश्न उठेको थियो । सोमबार नै अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो । यसको जिम्मा म लिन्छु । उनले त्यो निर्णय गर्दा नेकपाका वर्तमान महासचिव विष्णु पौडेलको भूमिका नभएकोकोपनि स्पष्ट पारेका छन् ।

नेता नेपालले बालुवाटारको जग्गाबारे अहिलेसम्म भएका निर्णयबारे छानविन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने धारणा राख्दै अमेरिका गएका छन् ।
source:janaboli