भिडियोमा हेर्नुहोस कैलालीमा ७ प्रहरी घाइतेहुनेगरी भएको झडप

ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ। हरी र प्रर्दशनकारीबीच झडप हुँदा प्रहरीसहित ७ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उचार भइरहेको छ ।

लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनिता रावलको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले राजमार्ग अवरुद्ध गराएपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो।

अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन्। जसकारण लम्की बजार तनावग्रस्त छ। बजार बन्द छन् भने यातायातका साधन पनि चल्न सकेका छैनन्।

आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए। सडकमा टायर जलाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र हवाई फायरसमेत गरेको छ। सोही क्रममा रबरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ।

अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख एसपी आभूषण तिम्सिनाले जानकारी दिए ।

source:palpalkakhabar