पुरै ध्वस्त भयो दाउन्ने बजारमा भारतीय यात्रुबाहक बस, यात्रुहरुको सामान जलेर नष्ट

कावासोती । नवलपुरको विनयीत्रिवेणी गाउपालिका २ दाउन्नेमा भारतीय यात्रुबाहक बसमा आगलागी ध्वस्त भएको छ ।
काठमाडौबाट भारततर्फ जादै गरेको यु पि ६५ डि पी ०००१ नम्बरको भारतिय यात्रुबाहक बसमा आगलागी भएको हो ।

ईन्जिन बढि तातेकाले रोकेर राख्दा एक्कासी आगलागी भएको दाउन्ने प्रहरी चौकीले जनाएको छ । बसमा सवार यात्रुहरुको सामान जलेर नष्ट भएको तर , मानबिय क्षती नभएको प्रहरीले जनाएको छ ।
source:sidhanepal